+

युनाइटेडविरुद्ध गरेको हेडर मेरो मनपर्ने गोल हो : मेसी

२०८२ जेठ  ९ गते १२:१९ २०८२ जेठ ९ गते १२:१९
युनाइटेडविरुद्ध गरेको हेडर मेरो मनपर्ने गोल हो : मेसी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिओनल मेसीले २००९ को च्याम्पियन्स लिग फाइनलमा गरेको हेडर गोल आफ्नो मन पर्ने गोल भएको बताएका छन्।
  • उक्त गोल बार्सिलोनाले २-० ले जितेको खेलमा आएको थियो र मेसीले यसलाई आफ्नो सबैभन्दा प्रिय गोल मान्छन्।
  • यस गोलको स्मृति र भावना समेट्ने कलाकृति बनाउने योजना छ, जसको लिलामीबाट प्राप्त रकम सामाजिक सेवामा खर्च गरिनेछ।

९ जेठ, काठमाडौं । अर्जेन्टिना र इन्टर मायमीका फरवार्ड लिओनल मेसीले सन् २००९ को च्याम्पियन्स लिग फाइनलमा म्यानचेष्टर युनाइटेडविरुद्ध गरेको हेडर गोल आफ्नो मन पर्ने गोल भएको बताएका छन् ।

उनले बार्सिलोनाबाट खेल्दै उक्त गोल गरेका थिए । ‘मेरो धेरै गोलहरू गरेँ, जुन सायदै अझ सुन्दर र धेरै मूल्यवान् थिए । र तिनीहरूको महत्वका कारण पनि । तर म्यानचेस्टर युनाइटेडविरुद्धको च्याम्पियन्स लिग फाइनलमा गरिएको हेडर सधैं मेरो फेभरेट रह्यो’ बिहीबार जारी एक विज्ञप्तिमा मेसीले भनेका छन् ।

मेसीको गोल युनाइटेडविरुद्ध बार्सिलोनाले गरेको दोस्रो गोल थियो । उक्त खेल २-० ले जित्दै बार्सिलोनाले च्याम्पियन्स लिग जितेको थियो । मेसीले क्याटलान क्लबका लागि जितेको तीन च्याम्पियन्स लिग मध्ये यो पनि हो ।

विश्वकै महान खेलाडीमध्ये एक रहेका मेसीले अर्जेन्टिना, बार्सिलोना, पेरिस सेन्ट जर्मेन र इन्टर मायमीबाट खेल्दै ८०० भन्दा बढी गोल गरिसकेका छन् । ८ पटकको बालोन डे’ओर विजेता मेसीले ‘अ गोल इन लाइफ’ च्यारिटी क्याम्पियनमा आफ्नो मन पर्ने गोल रोजेका हुन् ।

कलाकार रेफिक अनाडोलसँगको सहकार्यमा मेसीको उक्त गोलको कलाकृति समेत बन्ने छ । ‘रेफिकका कृति कति विशेष छन् भने मलाई पहिले नै थाहा थियो । हामी मियामीमा भेट्न सफल भयौं, र अब यो हेर्न उत्साहजनक हुनेछ कि उनले कसरी एउटा गोल, खेलकुदको एउटा क्षणलाई उनीले सिर्जना गर्ने अद्वितीय कलाकृति जस्तै रूपान्तरण गर्न सक्छन्’ मेसीले भने ।

उक्त कलाकृतिमा मेसी र कलाकार दुवैले हस्ताक्षर गर्नेछन् र क्रिस्टीजको लिलामीमा राखिनेछ । जहाँ उठेको सम्पूर्ण रकम सामाजिक सेवाका लागि खर्च गरिनेछ ।

‘लियो मेसीको गोल खेलकुदको महतुवपूर्ण क्षण भन्दा धेरै हो’ अनाडोलले भने, ‘यो मानवीय क्रियाकलाप, स्मृति र गतिशीलताको जटिल अभिव्यक्ति हो ।’

अनाडोलले बायोसेन्सिङ प्रविधिहरू र उन्नत एआई प्रणाली समावेश गर्दै विशेष घटनाबाट प्राप्त डेटाबाट एआई कलाको नयाँ क्षितिजको खोज गर्ने र भावना र स्मृति आकारमा रूपान्तरण हुने बताए ।

युइएफएले मेसीको गोलको तस्बिरको अधिकार इन्टर मियामी फाउन्डेसनलाई विश्वभर सेयर गर्न अनुमति दिएको छ ।

इन्टर मियामी फाउन्डेसनले ‘अ गोल इन लाइफ’ अभियानको नेतृत्व गर्नेछ । न्यूयोर्कस्थित क्रिस्टीज लिलामी घरमा जुन ११ मा उक्त कलाकृति सार्वजनिक गर्ने तयारी छ ।

लियोनल मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय