+
+
Shares

शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा र निजामती ऐन ल्याउने दृढता व्यक्त गरे।
  • उनीहरूले कानुन संशोधन गरी सामाजिक सुरक्षा र रोजगारीका विषयमा व्यवहारिक कार्यान्वयन आवश्यक भएको बताए।
  • देउवाले स्वदेशमै सीप र लगानी प्रवर्द्धन गर्न र अनौपचारिक क्षेत्रका श्रमिकको पहिचान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

९ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा र निजामती ऐन ल्याउने कुरामा आफ्नो पार्टी दृढ रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । यसका लागि कानुन संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको पनि उनले बताए ।

‘शिक्षा ऐन, निजामति ऐन ल्याउने कुरामा पनि नेपाली कांग्रेस दृढ छ । सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिन्छ भने योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीविहरूले पाउन सहज होस्, भन्नका निमित्त कानुन संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ,’ देउवाले भने ।

साथै, उनले रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने वातावरण मिलाउनुपर्ने पनि बताए । स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको देउवाको भनाइ छ ।

‘अनौपचारिक क्षेत्रका श्रमीकका निम्ति श्रमीक पहिचान पञ्जीकरणका लागि स्थानीय तहमा व्यवस्था गर्न पार्टीले पहल गर्ने नै छ । रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने र आफ्नै देशमा बुद्धि, सीप र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको छ । राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकता दिनुपर्ने कुरा आवश्यक छ,’ देउवाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?