
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राजदूतावास बैंककले कम्बोडियामा अलपत्र दुई नेपालीलाई उद्धार गरी नेपाल फर्काएको जनाएको छ।
- दूतावासले वैदेशिक रोजगारमा जाने बेला मापदण्ड पालना गर्न र प्रलोभनबाट बच्न आग्रह गरेको छ।
- अहिले नेपालीहरू धेरै पैसा कमाउने लोभमा विभिन्न एसियाली देशहरूमा रोजगारीका लागि जाने गरेका छन्।
९ जेठ, काठमाडौं । लामो समयदेखि कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार गरिएको छ ।
अलपत्र अवस्थामा रहेका एक महिला र एक पुरूषलाई आज उद्धार गरर उद्धार गरी आज नेपाल फर्काइएको नेपाली राजदूतावास बैंककले जनाएको छ ।
साथै सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जान तथा कसैको प्रलोभनमा नपर्न पनि दूतावासले आग्रह गरेको छ ।
पछिल्लो समय धेरै पैसा कमाउने लोभमा नेपालीहरू कम्बोडिया, लाओस्, म्यानमार र थाइल्याण्डजस्ता देशमा रोजगारीका लागि आउने गरेका थिए ।
हेर्नुहोस् विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4