+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
१२० बलमा १६६ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

खोटाङको सावा खोलामा सवा ८ करोडमा बन्यो पुल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते ७:००

११ जेठ, विराटनगर । खोटाङको खोटेहाङ र जन्तेढुङ्गा जोड्ने गरी सावा खोलामा पुल निर्माण भएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको ८ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ लागतमा ४१.४० मिटर लामो पुल निर्माण भएको हो ।

उक्त पुल निर्माण गर्न प्रादेशिक सडक पुल सहयोग एकाई इटहरीले प्राविधिक सहयोग रहेको मन्त्रालयका सचिव अशोक साहले बताए ।

खोटेहाङ गाउँपालिका–७ र जन्तेढुंगा गाउँपालिका–५ जोड्ने उक्त पुल कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले उदघाटन गरे । पुल बनेपछि दुबै पालिका बीचको प्राकृतिक नाकाबन्दी तोडिएको छ ।

सुसम आदित्य विजय निर्माण सेवा उदयपुरले २०८० वैशाख ११ गते पुल निर्माणको ठेक्का लिएको थियो । पुल निर्माण सम्पन्न भइसक्दा अन्तिम भुक्तानी भने ८ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ भएको मन्त्रालयले जनाएको छ ।

४१.४० मिटर लामो उक्त पुल ८.४० मिटर चौडा छ । दुवैतर्फ फुटपाथ १.२० मिटर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?