+
+
Shares

हराएको खुकुरी खोज्न गएका दुई जनाको भिरबाट लडेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १९:३३

१९ वैशाख, खोटाङ । खोटाङमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको भिरबाट लडेर मृत्यु भएको हो ।

शनिबार दिउँसो दुवै जनाको स्थानीय ढकालेखोला भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको बराहपोखरी–५ वडाध्यक्ष फौदराज राईले बताए ।

शुक्रबार बमबहादुर गोठालो गएका बेला घाँस काट्न लाग्दा खुकुरी हराएका थिए । सोही खुकुरी खोज्न शनिबार छिमेकी मनीकुमार पनि साथी गएका थिए ।

सोही क्रममा भिरबाट एक जना चिप्लिएपछि एकले अर्कालाई समाउँदा दुवै जना भिरबाट खसेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

दुवै जनाको शव उदयपुरको बेलटार लगेर पोस्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?