
News Summary
Generated by OK AI. Editorially reviewed.- ११ जेठ काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा पक्राउ परेकामध्ये ३० जनाविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको मुद्दा दर्ता भएको छ।
- जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुसन्धानपछि १५ चैतको प्रदर्शन हिंसात्मक भएको र व्यक्तिहरूको मृत्यु, तोडफोड, लुटपाट र आगजनी भएको पुष्टि गरेको छ।
- प्रदर्शनमा संलग्न ६१ व्यक्तिलाई मुद्दामा समेटिएको छ, जसमा ३० जना आपराधिक उपद्रव र संगठित अपराधका आरोपित छन्।
११ जेठ, काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रर्दशनमा पक्राउ परेकामध्ये ३० जनाविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनालाई आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा गरेको हो ।
६१ जना व्यक्ति र चार बालकसहितलाई प्रतिवादी बनाइएको मुद्दामा जसमध्ये आपराधिक उपद्रव र संगठित अपराधको कसुरका ३० जना रहेको सरकारी वकिल कार्यालयको प्रमुख रामहरि शर्माले बताए ।
१५ चैतमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई जनकमाण्डर तोकिएको प्रदर्शन हिंसात्मक बनेको थियो ।
सो क्रममा पत्ररका सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो । व्यक्तिका निजी सम्पति तोडफोडका साथै लुटपाट समेत भएको थियो । घरहरूमा आगजनी समेत भएको थियो ।
तोफोड र लुटपाटमा संलग्न भएको भनिएकाहरूमध्ये ३० जनालाई आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको हो ।
प्रतिक्रिया 4