+
+
Shares

सुदूरपश्चिममा प्रतिपक्षको माग सम्बोधन गर्न सर्वपक्षीय समिति गठन, बजेट अधिवेशन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दलका माग सम्बोधन गर्न सर्वपक्षीय समिति गठनपछि प्रदेश सभाको बजेट अधिवेशन सञ्चालन भएको छ।
  • मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले समसामयिक प्रस्ताव सदनमा सहमति गर्दै प्रस्ताव तयार पार्न सर्वपक्षीय समिति गठन गरेको हो ।

११ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलले उठाउँदै आएका माग सम्बोधन गर्न सर्वपक्षीय समिति गठन भएपछि प्रदेश सभाको बजेट अधिवेशन सञ्चालन भएको छ ।

सरकारको सिफारिसमा आइतबारका लागि प्रदेश प्रमुखले प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेका थिए । तर, प्रतिपक्षी दलहरू भने सरकारले माग, मुद्दा सम्बोधन नगरेका कारण अधिवेशनको पहिलो बैठक बहिष्कार गर्ने रणनीतिमा थिए ।

तर, आइतबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले समसामयिक प्रस्ताव सदनमा सहमति गर्दै प्रस्ताव तयार पार्न सर्वपक्षीय समिति गठन गरेको थियो ।

उक्त समितिमा नेकपा एमालेकातर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका सुरेन्द्रबहादुर पाल, प्रमुख सचेतक चक्र मल्ल, कांग्रेसका पदमबहादुर शाही, माओवादीका मानबहादुर धामी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) की इन्दिरा गिरी, एकीकृत समाजवादीका नरेशकुमार शाही, राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा जोशी रहेका छन् ।

समितिले चाँडै प्रस्ताव तयार गरेर प्रदेश सभामा पेस गर्ने कांग्रेसका प्रमुख सचेतक बिक्रमबहादुर धामीले जानकारी दिए ।

सत्तारुढ र प्रतिपक्षी दलबीच भएको यो सहमतिपछि आइतबारदेखि प्रदेश सभाको बजेट अधिवेशन सञ्चालन भएको छ ।

पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधीले सम्बोधन गरेका छन् भने आजै बसेको दोस्रो बैठकमा सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले सरकारको अगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धीत विनियोजन विद्येयकका प्राथमिकता र सिद्धान्त पेस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?