+
+
Shares

गणपति टायल्स एन्ड सेनेटरी हाउसलाई २ लाख जरिबाना

काठमाडौं महानगरपालिका–३२ मा रहेको गणपति टायल्स एन्ड सेनेटरी हाउसले आफ्ना उत्पादनमा रिलेबलिङ, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि विभागले जरिबाना तिराएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौंमा १३ उद्योग अनुगमन गरी दुई उद्योगलाई जरिबाना तिराएको छ।
  • गणपति टायल्स एन्ड सेनेटरी हाउसलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिराइएको हो, किनभने उनले हेरफेर गरेको पाइए।
  • हिमालयन पोतेलाई खरिद बिलबिजक नराखेको कारण १० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ।

११ जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गणपति टायल्स एन्ड सेनेटरी हाउसलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले आइतबार १३ उद्योग तथा फर्म अनुगमन गरेको थियो ।

अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–३२ मा रहेको गणपति टायल्स एन्ड सेनेटरी हाउसलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको हो । उक्त उद्योगले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ ।

यस्तै विभागले काठमाडौं महानगरपाकिा–२४ इन्द्रचोकमा रहेको हिमालयन पोतेलाई १० हजार रुपैयाँ तिराएको छ । उक्त पोते पसलले खरिद बिलबिजक नराखेको पाइएपछि जरिबाना तिराइएको विभागको भनाइ छ ।

यस्तै विभागको अनुगमन टोलीले ३ उद्योग तथा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात सहित विभागमा उपस्थित हुन र ८ वटा उद्योगलाई सामान्य निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?