+
+
Shares

हिमालयन ट्राभल मार्ट’ २० जेठदेखि, तयारी पूरा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते २०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय पर्यटन मार्ट एचटीएमको पाँचौं संस्करण २० देखि २२ जेठसम्म काठमाडौंमा आयोजना हुनेछ।
  • पाटा–नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले आयोजना गर्ने यस मेलाले विश्वव्यापी नेटवर्किङ र उद्योग प्रवद्र्धन गर्ने उद्देश्य राख्दछ।
  • यस वर्ष ३० भन्दा बढी देशबाट करिब ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।

१२ जेठ, काठमाडौं । ‘हिमालयन ट्राभल मार्ट’ (एचटीएम) को पाँचौं संस्करण २० जेठदेखि सुरु हुने भएको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्स लगायत अन्य प्रमुख पर्यटन संस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका साझेदार संस्थासँगको सहकार्यमा नेपालकै ठूलो ट्राभल मेला आयोजना गर्र्दै आएको छ ।

अन्तर्राष्ट्रिय पर्यटन मार्ट एचटीएमको पाँचौं संस्करण २० देखि २२ जेठसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

नेपालको पर्यटन प्रवर्द्धनमा निरन्तर उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको संस्था पाटा–नेपाल च्याप्टरको ५० वर्षको अवसर र अन्नपूर्ण हिमाल आरोहणको ७५औं वर्ष पूरा भएको अवसरमा यो मार्ट महत्त्वपूर्ण हुने पाटाले जनाएको छ ।

सन् २०१७ मा सुरु भई वार्षिक रूपमा हरेक जुन महिनामा काठमाडौंमा आयोजना हुने एचटीएम नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला हो । जसले विश्वव्यापी पर्यटन र आतिथ्य संस्था, पेसेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच नेटवर्किङ, व्यावसायिक अवसर र मूल्यवान उद्योग प्रवद्र्धन गर्ने पाटा–नेपालको भनाइ छ ।

पाँचौं संस्करणको एचटीएम–२०२५ ले विश्वव्यापी क्रेता, विविध विक्रेता, ट्राभल ब्लगर, विज्ञ वक्ता, राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडिया, ट्राभल प्रोफेसनल र विश्वभरिका प्रतिनिधिको भेला गराउने आयोजकको भनाइ छ ।

यस वर्ष एचटीएममा १ सयभन्दा बढी अन्तर्राष्ट्रिय पाहुना सहित नेपालको सार्वजनिक तथा निजी क्षेत्रमा आवद्ध पर्यटनकर्मी तथा सरोकारवाला गरी ३० भन्दा बढी देशबाट करिब ७ सयभन्दा धेरै प्रतिनिधि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?