+
+
Shares

रामबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान

विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते २२:४६
विवादित धर्मगुरु रामबहादुर बम्जन । फाइल फोटो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाही जिल्ला अदालतले विवादित धर्मगुरु रामबहादुर बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरेको छ।
  • उनलाई ५ फागुन २०८१ मा दर्ता भएको मुद्दामा अदालतले सोमबार आदेश दिएको हो।
  • यसअघि उनलाई यौन दुराचारको आरोपमा जिल्ला अदालतले १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिकाे फैसला गरेको थियो, तर उच्च अदालतले सफाइ दियो।

१२ जेठ, सर्लाही । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार थुनामा राख्ने आदेश गरेको हो । आदेशसँगै उनलाई मलंगवा कारागार चलान गरिएको छ ।

सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि ५ फागुन २०८१ मा सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो संख्यामा उनका समर्थक तथा अनुयायीहरू अदालत अगाडि जम्मा भएका थिए ।

यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले १० असार २०८१ मा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते सफाइ दिएको थियो । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए । तर, सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा उनी जेल चलान भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?