
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय युवा संघको अध्यक्ष पदमा पुनः निर्वाचित क्षितिज थेबेले चुनावलाई प्राविधिक विषय मात्र भने।
- उनीले आन्तरिक प्रतिस्पर्धालाई उत्सव र निराशालाई नमान्ने आग्रह गरे।
- थेबेले युवा संघलाई एकताबद्ध राख्ने प्रतिबद्धता व्यक्त गरे।
१३ जेठ, काठमाडौं । राष्ट्रिय युवा संघको अध्यक्ष निर्वाचित भएपछि क्षितिज थेबेले चुनावको हारजितलाई प्राविधिक विषय मात्र मानेर जाने बताएका छन् ।
‘आन्तरिक प्रतिस्पर्धामा थियौं । जितलाई उत्सव र हारलाई निराशाका रुपमा नलिइदिन कार्यकर्तामाझ हार्दिक अनुरोध गर्न चाहन्छु’, थेबेले भने । उनी यसअघि पनि अध्यक्ष थिए ।
फेरि अध्यक्ष दोहोरिएर निर्वाचित थेबेले आन्तरिक प्रतिस्पर्धामा कोही विजेता र कोही उपविजेता बनेको टिप्पणी गरे । ‘यो ठूलो हर्सोल्लास होइन, निराशाको विषय होइन । जो, यो चुनावमा उपविजेता हुनुभएको छ, उहाँहरु पनि लामो समय यो आन्दोलनमा रहनु भएको क्षमतायुक्त साथीहरु हुनुहुन्छ’ उनले भने ।
थेबेले युवा संघलाई एकताबद्ध बनाएर लैजाने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4