+
+
Shares

बागमती सरकारले दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीको रुपमा विकास गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश सरकारले दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीको रुपमा विकास गर्ने घोषणा गरेको छ।
  • प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै उक्त निर्णय बताए।
  • यसअघि संघीय सरकारले पनि दोलखाको उक्त ठाउँलाई चलचित्र नगरी बनाउने बजेट विनियोजन गरेको थियो।

काठमाडौं । बागमती सरकारले पर्यटकीय क्षेत्र दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीको रुपमा विकास गर्ने भएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उक्त कुराको घोषणा गरे ।

प्रदेशका मौलिकता एवं सांस्कृतिक विविधता झल्काउने चलचित्रको निर्माणमा प्रोत्साहन गर्ने जनाउँदै उनले दोलखाको उक्त थलोलाई फिल्म सिटीको रुपमा विकास गर्ने बताएका हुन् ।

प्रदेशभित्र रहेका प्रमुख पर्यटकीय गन्तव्यको प्रवर्धन गर्न स्वदेश तथा विदेशमा रहेका पर्यटनसँग सम्बन्धित चर्चित कन्टेन्ट क्रिएटर, भ्लगरलाई परिचालन गर्ने नीति लिइने उल्लेख छ ।

यसअघिका संघीय सरकारले बजेटमार्फत दोलखाको डाङडुङे डाँडालाई चलचित्र नगरीको रुपमा स्थापना गर्ने भन्दै बजेट विनियोजन गर्दै आएका थिए । दोलखाको उक्त ठाउँमा फिल्म सिटी बन्ने कुरामा चलचित्रकर्मीकै दुईथरी मत आइरहँदा बागमती सरकारले भने नीति कार्यक्रममार्फत फिल्म सिटी बनाउने घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?