+
+
Shares

चार दिने नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते २१:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनिश्चित राष्ट्रसंघीय अभ्यास कार्यक्रम नेपालमा चार दिनसम्म सञ्चालन हुँदैछ।
  • उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले यसले युवाहरुको नेतृत्व विकासमा मद्दत गर्ने बताए।
  • कार्यक्रमले युवाहरुलाई अन्तर्राष्ट्रिय कूटनीति, दिगो विकास र मानव अधिकारका विषयमा प्रशिक्षण दिनेछ।

१४ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघको अभ्यास मार्फत् युवाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्द्वारा आयोजित चार दिवसीय नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास कार्यक्रम सुरु भएको छ।

बुधबार उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कार्यक्रमको उद्घाटन गर्दै नमुना संयुक्त राष्ट्रसंघको अभ्यासले नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय कूटनीति र नेतृत्व विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताए ।

सिंहले सरकारले युवा उद्यमशीलतामा जोड दिने गरी बजेट ल्याउने तयारी गरिहेको पनि बताए ।

त्यस्तै, युवाको सर्वाङ्गीण विकासमा जोड दिँदै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नमुना राष्ट्रसंघीय अभ्यासले युवाहरूको बहुआयामिक क्षमता विकासमा टेवा पुग्ने बताए ।

मन्त्री चौधरीले युवाहरुले नेतृत्व विकास गर्दै आत्मसम्मान, उद्यमशिलता, स्वआर्जन र स्टार्टअपमार्फत् असल नागरिकको भूमिकामा आफूलाई उभ्याउन सक्नुपर्ने बताए ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नवदित् युवाहरूलाई राष्ट्रसंघीय अभ्यास, दिगो विकास लक्ष्य, कूटनीतिक आयाम, साझा अन्तर्राष्ट्रिय सवालहरू, जलवायू परिवर्तन, मानव अधिकार, सुरक्षा परिषद् लगायतका विषयमा प्रशिक्षित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

संयुक्त राष्ट्रसंघको नेपाल स्थित आवासीय कार्यालयको तर्फवाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि क्योको योकोसुकाले नेपाली युवाहरूले राष्ट्रसंघीय अभ्यास वुझ्नु अत्यन्तै आवश्यक रहेको बताइन् ।

उनले युवा पुस्ताले विश्व शान्ति र सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताइन् ।

नमुना राष्ट्रसंघको महासचिव चुनिएका दिवससिंह खड्काले चार दिने अभ्यासमा राष्ट्रसंघ अन्तर्गतको महिला समिति, सुरक्षा परिषद्, खाद्य तथा कृषि संगठन, संयुक्त राष्ट्र शरणार्थी उच्च आयोग र अन्तर्राष्ट्रिय प्रेस समेत गरी पांचवटा समितिहरुमा अलगअलग बहस तथा छलफल गरिने बताए ।

नमुना अभ्यासको महानिर्देशकमा अनुराधा थापा चयन भएकी छिन् । जेष्ठ १४ गतेवाट १७ गतेसम्म चल्ने अभ्यास कार्यक्रममा खुला अनलाइन आवेदनका आधारमा देशभरका ७५ जिल्लावाट छनौट भएका १६–२४ उमेरका १०० जना युवा सहभागि रहेको सहआयोजक ग्लोवल हेल्प फाउण्डेसनकम अध्यक्ष सञ्जिव भट्टराईले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?