+
+
Shares

मन्त्रिपरिषद् बैठक सुरु, बजेट स्वीकृत गर्ने

संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बसेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठक सुरु भयो।
  • अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्ताव पेश गर्नेछन्।
  • बैठकले स्वीकृति पाएपछि बजेट संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत हुनेछ।

१५ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएका छ । संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बसेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक भर्खरै सुरु भएको हो ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्नेछन् । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री पौडेलले आजै बस्ने संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?