२९ असार, जाजरकोट । जिल्ला शिक्षा कार्यालय जाजरकोटले जिल्लाका १४ वटा विद्यालयको खाता रोक्का गरेको छ । तोकिएको समयभित्र विद्यालयको भवण निर्माण नगरेको भन्दै कार्यालयले ती विद्यालयको खाता रोक्का गरेको हो ।
ती विद्यालयको भवण निर्माण नभएसम्मका लागि खाता रोक्का गरिएको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले बताए । विद्यालय भवन निर्माण गरेको प्रमाणित हुनासाथ खाता फुकुवा गरिने उनले बताए ।
खाता रोक्कामा पर्ने व्ािद्यालयहरुमा वीरेन्द्र उच्च मावि जुगाथापाचौर, इन्द्रज्योति मावि साल्मा, भाग्यदय निमावी वडावन, आदर्श उच्च मावि लुहादह, बागेश्वरी उमावि पजारु, लक्ष्मी प्राप्ति उच्च मावि खुर्पा, विजय मावि छिपे्रना, शिवशङ्कर उच्च मावि जगतिपुर, पुतली प्रावि दह, मालटाकुरा मावि तम्ती, ज्योति प्रावि लालीकाँडा, आर्दश प्रावि दह, वाल प्रावि कुस्तरा र नवप्रतिभा प्रावि बालुवा रहेका छन् ।
यी सबै विद्यालयको रु ५६ लाख २५ हजार रोक्का गरिएको हो । जाजरकोटमा २१४ वटा विद्यालयका भवण निर्माण भइसकेका छन् । रासस