
१६ जेठ, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।
बकैया–७ मैनाटार बस्ने वीरबहादुर वाईवाको छोरी ८ वर्षीया अस्मिता वाईवाको विहीबार राति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनलाई जेठ १४ गते बुधबार बिहान आफ्नै घरमा नुहाएर कपडा लगाउने क्रममा कम्मरको वायाँ भागमा बिच्छीले टोकेको थियो । दिउँसोदेखि श्वासप्रश्वासमा समस्या आएको थियो ।
त्यसपछि उपचारका लागि बिहीवार बिहान हेटौंडा अस्पताल ल्याइएको थियो । सोही दिन राति अस्पतालले बालिकालाई मृत घोषणा गरेको डिएसपी अर्यालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4