+
+
Shares

आधारभूत शिक्षा अध्ययन गर्ने विद्यार्थीको दर बढ्यो, ईसीडीमा कति छन् विद्यार्थी ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार शैक्षिक सत्र २०८० मा यस्तो दर ८०.३ प्रतिशत रहेकोमा शैक्षिक सत्र २०८१ मा ८२.४ प्रतिशत पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शैक्षिक सत्र २०८१ मा आधारभूत शिक्षाको विद्यार्थीको दर ८२.४ प्रतिशत पुगेको छ।
  • शैक्षिक सत्र २०८१ मा ४१ हजार २ सय ८४ प्रारम्भिक बालविकास केन्द्र सञ्चालनमा रहेका छन्।
  • बालविकास केन्द्रमा भर्ना भएका बालबालिकाको अनुपात ७६.३ प्रतिशत रहेको छ।

१६ जेठ, काठमाडौं । आधारभूत शिक्षाको तह पूरा गर्ने विद्यार्थीको दर बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार शैक्षिक सत्र २०८० मा यस्तो दर ८०.३ प्रतिशत रहेकोमा शैक्षिक सत्र २०८१ मा ८२.४ प्रतिशत पुगेको छ ।

प्रारम्भिक बालविकास केन्द्र (ईसीडी) को संख्या बढेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार शैक्षिकसत्र २०८१ मा ४१ हजार २ सय ८४ प्रारम्भिक बालविकास केन्द्र तथा पूर्व प्राथमिक कक्षा सञ्चालनमा रहेको जनाएको छ ।

जसमा संघ र स्थानीय तहको अनुदानमा सञ्चालित सामुदायिकको संख्या ३३ हजार ४ सय ७० र ७ हजार ८१४ संस्थागत रहेका छन् । शैक्षिक सत्र २०८० मा ४० हजार ६ सय ८४ रहेको थियो ।

शैक्षिक सत्र २०८१ मा प्रारम्भिक वालविकास कक्षामा १३ लाख १ हजार ४ सय २८ भर्ना भएका छन् । शैक्षिक सत्र २०८० मा १२ लाख ८६ हजार ५ सय २६ रहेको थियो ।

शैक्षिक सत्र २०८१ मा बालविकास केन्द्रको अनुभव लिई कक्षा १ मा भर्ना हुने विद्यार्थीको अनुपात ७६.३ प्रतिशत रहेको छ । शैक्षिक सत्र २०८० मा यस्तो अनुपात ७६.९ प्रतिशत रहेको थियो ।

बाल विकास कक्षामा भर्ना भएका कुल बालबालिकामा छात्रको संख्या छात्राको भन्दा उच्च रहेको छ । बालविकास केन्द्र तथा पूर्व प्राथमिक कक्षामा छात्र र छात्राको अनुपात क्रमशः ५५.१ प्रतिशत र ४४.९ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?