
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा १६ जेठमा बाँसका भाटा हानेर सोलुखुम्बुमा प्रेम कुमार कुलुङ राईको हत्या भयो।
- प्रहरीले रघु कुलुङ राईलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ।
- प्रेम कुमारलाई बिहीबार राति बाँस र लाठ्ठी प्रहार गरिएको थियो, उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भयो।
१६ जेठ, काठमाडौं । बाँसका भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको हत्या भएको छ ।
हत्या हुनेमा महाकुलुङ गाउँपालिका–२ चंखिदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राई छन् । राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २६ वर्षीय रघु कुलुङ राईलाई शुक्रबार बिहान पक्राउ गरेको छ ।
रघुले आफ्नै घरमा प्रेम कुमारलाई बिहीबार राति बाँसको भाटा र लाठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।
उपचारको लागि महाकुलुङ आधारभूत अस्पताल बुङ लगिएकोमा उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ ।
मृत्युको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले रघुलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4