+
+
Shares

अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १५:५९

१६ जेठ, काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल काठमाडौंमा रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको हो ।

रानीपोखरीका डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएपछि खाली ठाउँमा श्रेष्ठलाई सरुवा गरिएको प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?