+
+
Shares

मिङ्मालाई सगरमाथा सम्मान, ‘शेर्पा’का लेखकसहित कीर्तिमानीहरूलाई तेञ्जिन हिलारी पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते २०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले काठमाडौँमा आयोजित कार्यक्रममा १४ हिमाल आरोहण गर्ने पहिला आरोही मिङ्मा जी शेर्पालाई ‘अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार’ प्रदान गर्यो।
  • मिङ्मा जी शेर्पाले हिमाल आरोहण सुरक्षित बनाउन कानुन आवश्यक रहेको बताए र लेखकहरूले शेर्पालाई सगरमाथाको इतिहासमा महत्वपूर्ण मान्छन्।
  • अनलाइनखबरको ४० वर्ष मुनिका ४० जना युवाको सुचिमा समावेश लेखकहरू अंकित बाबु अधिकारी र प्रदीप बस्याल पनि पुरस्कृत भए ।

१६ जेठ, काठमाडौँ। ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा सरकारले प्रदान गर्ने पर्वतारोहण क्षेत्रको सर्वोच्च सम्मान ‘अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार’ बिना अक्सिजन संसारका सबै १४ अग्ला हिमाल आरोहण गर्ने पहिला आरोही मिङ्मा जी शेर्पालाई प्रदान गरिएको छ।

सरकारले १ लाख रुपैयाँ नगदसहितको पुरस्कार उनलाई दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार काठमाण्डौँमा आयोजित कार्यक्रममा उनी लगायत कीर्तिमानी आरोही तथा पर्वतारोहण समुदायका व्यक्तित्वहरूलाई विभिन्न पुरस्कारले सम्मान गरे।

सरकारले तीन विधामा प्रदान गरेका तेञ्जिङ हिलरी पुरस्कारमध्ये ‘खोज तथा अनुसन्धान’का लागि अन्तर्राष्ट्रिय रूपमा चर्चित बनेको गैरआख्यान ‘शेर्पा’ का लेखकहरू अंकित बाबु अधिकारी र प्रदीप बस्याललाई संयुक्त रूपमा दिइएको छ ।

सोही पुरस्कार ‘खोज तथा उद्धार’का लागि संयुक्त रूपमै पर्वतारोही तथा इटालीका हेलिकप्टर पाइलट क्याप्टेन माउरिजियो फोलिनी र लङ लाइन उद्धारक लाक्पा नुर्बु शेर्पालाई एवं संसारका १४ अग्ला हिमाल आरोहण गर्ने कान्छा आरोही निमा रिन्जी शेर्पालाई‘कीर्तिमानी आरोही’ विधामा प्रदान गरियो ।

सर्वाधिक १० पटक सगरमाथा आरोहण गर्नेमहिला ‘माउन्टेन क्विन’ लाक्पा शेर्पा पेम्बा डोमा महिला आरोही पुरस्कार पाइन्।

पुरस्कार ग्रहण गरेपछि बोल्ने क्रममा कीर्तिमानी आरोही मिङ्मा जीले हिमाल आरोहण सुरक्षित बनाउनका लागि अनुभव नभएका आरोहीहरूलाई सगरमाथामा नियमन गर्ने कानुनहरू आवश्यक रहेको बताए। ‘उनीहरूका कारण हामी मरिरहेका छौँ, हाम्रा साथीहरूले ज्यान गुमाइरहेका छन्,’ उनले भने।

सम्मानित भएका ‘शेर्पा’का लेखक अंकितबाबु अधिकारले भने, ‘ती महान् शेर्पाबिना सगरमाथाको इतिहास यसरी लेख्न सकिने थिएन। हामी यस पुरस्कार उनै शेर्पाहरूलाई समर्पण गर्न चाहन्छौँ।’

‘शेर्पा’का लेखकहरू अधिकारी र बस्याल गतवर्ष अनलाइनखबरको ४० वर्ष मुनिका ४० जना युवाको सुचिमा समावेश थिए ।

सगरमाथाको खुम्बु आइसफलमा बाटो बनाउने र चुचुरोसम्म डोरी टाँग्ने काममा संलग्न लगायतका शेर्पा तथा आरोहीहरू कार्यक्रममा सम्मानित भए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्द्री पाण्डे, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहितले उनीहरूलाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?