२९ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा घर भत्किँदा एकै परिवारका तीनसहित ६ जनाको मृत्यु भएको छ ।
शनिबार रातिदेखि लगातार पानी परेपछि घर भत्किँदा पिपलडाँडा-२ का नन्दबहादुर अधिकारी, उनकी पत्नी सुमित्रा र काम गर्ने एक जनाको मृत्यु भएको छ ।
यस्तै धुसुङमा घर भत्किन्दा सन्तली बिक र सोमबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । भोटेसिमामा पनि घर भत्किँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सानुमाया चेपाङ रहेकी छन् ।