
News Summary
Generated by OK AI. Editorially reviewed.- एप्पलले आफ्ना सबै डिभाइसका ओएसको नाम र संस्करण नम्बरमा एकरूपता ल्याउने खाेजेकाे देखिन्छ।
- आगामी ९ जुनमा हुने वल्र्ड वाइड डेभलपर्स कन्फ्रेन्स २०२५ मा नयाँ संस्करणहरू घोषणा हुनेछन्।
- कम्पनीले वर्ष–आधारित नम्बरिङ प्रणाली अपनाउने संकेत दिएकाे छ, आधिकारिक पुष्टि भएको छैन।
एप्पल कम्पनीले आफ्ना विभिन्न प्राेडक्टका अपरेटिङ सिस्टम (ओएस) हरूमा ठूलो परिवर्तन गर्ने तयारी गरेको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार, कम्पनीले आफ्ना अपरेटिङ सिस्टमहरूको नाम र संस्करण नम्बरमा एकरूपता ल्याउने योजना बनाएको छ। यसबारे घोषणा आगामी जुन ९ देखि सुरु हुने वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स, २०२५ का क्रममा हुनेछ ।
आइओएस १९ होइन, अब आउनेछ आइओएस २६
रिपोर्टअनुसार, एप्पलले परम्परागत संस्करण श्रृंखलाबाट हट्दै यसपटक आइओएस १९ को सट्टा आइओएस २६ सार्वजनिक गर्नेछ । यही क्रममा अन्य डिभाइसहरूका अपरेटिंग सिस्टहरुका नामहरूमा पनि समान प्रकारको नम्बर प्रणाली अपनाउने तयारी भइरहेको छ । जस्तै watchOS, macOS, tvOS, iPadOS तथा visionOS का सबै अपरेटिंग सिस्टमको नम्बर अब समान हुनेछ ।
हाल एप्पलका विभिन्न डिभाइसहरूका अपरेटिंग सिस्टममा फरक–फरक संस्करण प्रयोग भइरहेका छन् । उदाहरणका लागि, आइफोनमा आइओएस १८ छ भने एप्पल वाचमा watchOS १२ र एप्पल भिजन प्रो मा visionOS टू अपरेटिंग सिस्टम छ । यी अपरेटिंग सिस्टम फरक समयमा सार्वजनिक भएकाले तिनको संस्करण नम्बरहरू पनि अलग–अलग छन् । अब कम्पनीले सबै अपरेटिंग सिस्टममा २६ नम्बर लागू गर्दै एकरूपता ल्याउने तयारी गरेको हो ।
यस प्रकारको हुनेछ नयाँ संस्करणको नाम
रिपोर्टअनुसार, एप्पलले वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२५ मा निम्नानुसार नयाँ अपरेटिंग सिस्टम संस्करणहरू सार्वजनिक गर्ने सम्भावना छः
o iOS २६
o iPadOS २६
o macOS २६
o watchOS २६
o tvOS २६
o visionOS २६
वर्ष–आधारित नम्बर प्रणालीतर्फ एप्पलको झुकाव
सामसुङ र माइक्रोसफ्ट जस्ता कम्पनीहरूले पहिल्यैदेखि अंग्रेजी वर्षमा आधारित नम्बरिङ प्रणाली अपनाइसकेका छन्। अब एप्पल पनि यही बाटोमा लाग्ने संकेत देखिएको छ। त्यसैले आगामी वर्ष सन् २०२६ मा कम्पनीले आफ्ना अपरेटिंग सिस्टमहरुको नामका पछाडि २६ राख्नेछ । तथापि, कम्पनीले अहिलेसम्म यसबारे कुनै आधिकारिक पुष्टि गरेको छैन। –एजेन्सी
प्रतिक्रिया 4