+
+
Shares

माइतीघर–बानेश्वर खण्डमा यातायात व्यवसायीको प्रदर्शन (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ जेठ १८ गते १३:०४

१८ जेठ, काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि देशव्यापी आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आइतबार दिउँसो माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।

दुईपांग्रे र चारपांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिंदा आफूहरुको लगानी संकटमा परेको भन्दै शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका व्यवसायीहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

सडक ढाकेर गरिएको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात आवागमन प्रभावित भएको थियो । राजावादीहरुले नक्साल–भाटभटेनी क्षेत्रमा गरेको प्रदर्शनले पनि यातायात झन् अस्तव्यस्त भएको थियो ।

हेर्नुहोस् तस्वीरहरू : 

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?