+
+
Shares

भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १४:५०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ, ३ हजार बढी सक्रिय संक्रमित रहेका छन्।
  • पछिल्लो ६ दिनमा संक्रमितको संख्या तीन गुणा बढी भएको र २६ राज्यमा फैलिएको छ।
  • दुई संक्रमितको मृत्यु भएको छ, तीमध्ये एक केरल र अर्को कर्नाटकमा रहेका छन्।

१८ जेठ, काठमाडौं । छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेको छ भने १ हजार ८१८ जना कोरोनामुक्त भएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले १२ जेठमा १५ राज्यमा कुल १ हजार ९ जना सक्रिय कोरोना संक्रमित रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।

पछिल्लो ६ दिनमा सक्रिय कोरोना संक्रमितको संख्या तीन गुणा बढी अर्थात ३ हजार ५७८ जना पुगेको छ । यसअघि १५ राज्यमा कोरोना संक्रमित फेला परेको थियो । तर, पछिल्लो तथ्यांक अनुसार कोरोना फैलिएको राज्य २६ पुगिसकेको छ ।

केरलमा सबैभन्दा धेरै संक्रमित

पछिल्लो तथ्यांक अनुसार केरलामा ६४ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै केरलमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय पुगेको छ ।

यसैगरी महाराष्ट्रामा ४८५, दिल्लीमा ४३६, गुजरातमा ३२०, पश्चिम बंगालमा २८७, कर्नाटकमा २३८, तमिलनाडुमा १९९ र उत्तर प्रदेशमा १४९ जना संक्रमितको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छने । धेरै जसो संक्रमितहरू होम आइसोलेसनमै कोरोना मुक्त भएका छन् ।

दुई संक्रमितको मृत्यु

भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । केरलमा ६३ वर्षीय एक पुरुष र कर्नाटकमा २४ वर्षीय युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । दुवै जना मृतक अन्य रोगबाट पनि ग्रसित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?