+
+
Shares

बजेट घोषणा पछिको सेयर बजारमा होटल र लगानी सेक्टर उचालिए

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बजेट घोषणापछिको सेयर बजार १.६० अंकले बढेर २६९४ मा कायम रह्यो।
  • बजेटले होटल, पर्यटन र लगानी सेक्टरलाई आयकर छुट र सहज लगानी व्यवस्था प्रदान गर्‍यो।
  • अधिकांश कम्पनी र सेक्टरहरू मूल्य वृद्धि र घटावट देखिएका छन्।

१९ जेठ, काठमाडौं । बजेट घोषणापछिको सेयर बजार १.६० अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६९४ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ९ अर्ब २२ करोडको भयो ।

कुल ११५ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो । यस दिन दुई सेक्टरमा आकर्षण देखिएको छ ।

होटल तथा पर्यटन २.३९ तथा लगानी २.२८ प्रतिशत बढे । यी दुई सेक्टर उच्च दरमा बढ्नुमा बजेटको आवश्वासन प्रमुख कारण हो । होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर छुट दिने बजेटको घोषणा छ ।

त्यस्तै लगानी सेक्टरका सूचीकृत कम्पनी र संस्थागत लगानीकर्ताले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वःपुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने व्यवस्था बजेटले उल्लेख गरेको छ ।

आज विकास बैंक ०.२९, फाइनान्स ०.१८, जीवन बीमा ०.२३ र अन्य ०.३६ प्रतिशत बढे । त्यस्तै बैंकिङ ०.५९, हाइड्रोपावर ०.३५, उत्पादन तथा प्रशोधन ०.३८, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.१६ तथा व्यापार ०.३५ प्रतिशत घटे ।

दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ८.३१, न्यादी हाइड्रोपावरको ७.२७ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ६.३५ प्रतिशत मूल्य बढ्यो । भूगोल इनर्जीको मूल्य ६.४५ प्रतिशत घट्यो । बोटलर्स नेपाल बालाजुको ३.२० तथा विन नेपाल लघुवित्तको ३.०४ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, एचआईडीसीएल र बुटवल पावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?