+
+
Shares

प्रमुख तीन दलको बैठकमा प्रचण्डलाई पनि विशेष कुर्सी

माओवादी सहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका बेला प्रधानमन्त्री कार्यालय प्रचण्डका लागि पनि विशेष कुर्चीको व्यवस्थापन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १६:४६

१९ जेठ, काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरू भएको हो । बैठक प्रतिनिधिसभाको आगामी बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित छ ।

त्यसबाहेक पनि बैठकमा अर्को एउटा फरक दृष्य देखिएको छ । बैठकमा प्रधानमन्त्री कार्यालयले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्नका लागि एकै किसिमको कुर्सीको व्यवस्था गरिएको छ ।

यसअघि तीन नेताले भेट्दा प्रचण्ड र देउवा छेउका सोफामा दायाँ बायाँ बसेका हुन्थे भने प्रधानमन्त्री बीचमा विशेष कुर्सीमा बसेका हुन्थे । सत्ताधारी दुई दलको बैठकमा भने यस अघिदेखि नै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका लागि विशेष कुर्सीको व्यवस्था गरिँदै आइएको छ ।

माओवादी सहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका बेला प्रधानमन्त्री कार्यालय प्रचण्डका लागि पनि विशेष कुर्चीको व्यवस्थापन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?