+
+
Shares

भौतिकमन्त्री दाहाल स्वदेश फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिकमन्त्री दाहाल दक्षिण कोरियाको सुवोनमा आयोजित आईसीएस प्यासिफिक फोरममा भाग लिन गएका थिए।
  • उनले यातायात सेवा व्यवस्थापनमा सूचना प्रविधि र एआईको प्रयोग गर्नुपर्नेमा जोड दिए।
  • मन्त्री दाहालले स्वदेश फर्किएपछि आफ्नो भ्रमण फलदायी भएको र अन्तर्राष्ट्रिय सहकार्यका बारेमा कुराकानी भएको बताए।

१९ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल दक्षिण कोरीया भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । दक्षिण कोरियाको सुवोनमा आयोजित आईसीएस प्यासिफिक फोरममा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै उनी त्यसतर्फ गएका थिए ।

सो फोरमलाई संवोधनका क्रममा मन्त्री दाहालले यातायात सेवा व्यवस्थापन तथा विस्तारमा सुचना प्रविधि तथा एआईको प्रयोग उपयोगी हुने बताए । एशिया प्यासिफिक क्षेत्र सम्भावना र सहकार्यको प्रचुर सम्भावनाको क्षेत्र रहेको जनाउँदै मन्त्री दाहालले स्मार्ट मोविलिटीलाई प्रवद्र्धन गर्नु पर्नेमा जोड दिए ।

मन्त्री दाहालले यातायात तथा रेलसेवा विस्तार सम्वन्धी छलफललाई सम्बोधन गरेका थिए । मन्त्री दाहाल कोरेल कर्पोरेशनको कार्यालयमा पुगि छलफल तथा अन्तरक्रिया गरेका थिए । सोहि भ्रमणका क्रममा कोरीयन एक्सप्रेस वे कर्पोरेशनका अधिकारीहरुसँग भेटमा मन्त्री दाहाल र त्यहाँका अधिकारीहरु विच आपसीहित र सहकार्यकार्यका बारेमा पनि छलफल भएको थियो ।

स्वदेश फर्कनु अघि मन्त्री दाहालले प्रवाशी नेपाली मञ्च दक्षिण कोरियाद्वारा आयोजित भेटघाट कार्यक्रममार्फत नेपाली समुदायलाई सम्बोधन गरे । त्यस क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले विदेशमा सिकेको ज्ञान र सिपलाई स्वदेशको समृद्धिमा उपयोग गर्न प्रवासी नेपालीलाई आग्रह गरे ।

स्वदेश फर्किए लगत्तै मन्त्री दाहालले आफ्नो दक्षिण कोरीया भ्रमण फलदायी भएको बताए । नेपालको सार्वजनिक यातायात सेवा विस्तार तथा व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायसँग हुन सक्ने सहकार्यका बारेमा महत्वपूर्ण कुराकानी भएको उनले जानकारी दिए । विकासको विकास, पूर्वाधार निर्माण, सेवा प्रवाह बारेमा प्रवासी नेपालीसँग छलफल भएको पनि उनले उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?