+
+
Shares

गाजामा झन्डै एक वर्षको अवधिमा २०० पत्रकार तथा मिडियाकर्मीको हत्या

बुडापेस्टमा दुई दिनको बैठकपछि बुधबार जारी गरिएको विज्ञप्तिमा इएफजेले गाजामा पत्रकार सहित सर्वसाधारणमाथि भएको घातक हमलाको निन्दा गरेको छ ।

रासस रासस
२०८२ जेठ २१ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युरोपेली पत्रकार महासङ्घले इजरायली आक्रमणलाई नरसंहार भन्दै गाजामा २०० पत्रकारको हत्या भएको जनाएको छ।
  • इएफजेले गाजामा भएको घातक हमलाको निन्दा गर्दै युद्ध अपराधको साक्षीहरूलाई चुप गराउन खोजिएको उल्लेख गरेको छ।
  • सङ्घले प्यालेस्टिनी पत्रकारहरूको सुरक्षा र सूचनाको स्वतन्त्रता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय हस्तक्षेपको आह्वान गरेको छ।

२१ जेठ, बुडापेस्ट । युरोपेली पत्रकार महासङ्घ (इएफजे)ले इजरायली आक्रमणलाई पत्रकारहरूमाथिको अकल्पनीय नरसंहार भन्दै सन् २०२३ अक्टोबरदेखि गाजामा आक्रमणको क्रममा २०० पत्रकार तथा मिडियाकर्मीको हत्या भएको जनाएको छ ।

बुडापेस्टमा दुई दिनको बैठकपछि बुधबार जारी गरिएको विज्ञप्तिमा इएफजेले गाजामा पत्रकार सहित सर्वसाधारणमाथि भएको घातक हमलाको निन्दा गरेको छ । संयुक्त घोषणापत्रमा ४७ युरोपेली देशहरूमा ईएफजेका १२० सदस्यहरूले हस्ताक्षर गरेका छन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र संयुक्त राष्ट्रसङ्घीय निकायले इजरायली आक्रमणलाई नरसंहारको रूपमा वर्णन गरिरहेको बेला इजरायली सेनाले युद्ध अपराधका साक्षीहरूलाई चुप गराउन गाजामा मिडिया बन्द गर्न खोजिरहेको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकारका रूपमा मौलिक मानव अधिकार प्रेस स्वतन्त्रताका लागि उनीहरूको अक्रमण्यताको निन्दा गर्दै पीडित प्यालेस्टिनी सहकर्मीहरूसँग एकता व्यक्त गरी अधिकारको माग गर्नु पत्रकारको कर्तव्य भएको इएफजेले बताएको छ ।

इएफजेले मिडिया व्यवसायी र पत्रकारहरूलाई युरोपेली प्रतिक्रियामा आफ्ना प्यालेस्टिनी सहकर्मीसँग एकतावद्ध भई प्रतीकात्मक सतर्कता आयोजना गर्न आह्वान गरेको छ । बैठकले ईयू निर्देशक समितिलाई प्यालेस्टिनी पत्रकारहरूको सुरक्षा गर्न र मध्य पूर्वमा सूचनाको स्वतन्त्रताको ग्यारेन्टी गर्न सबै ईयू संस्थाहरूसँग मिलेर हस्तक्षेप गर्न पनि आह्वान गरेको छ ।

इएफजेले पत्रकारलगायत नागरिकहरूको नरसंहार अन्त्य गर्न, अपराधीलाई दण्डमुक्त गर्ने परिपाटीको अन्त्य गर्न र गाजामा तुरुन्तै अन्तर्राष्ट्रिय मिडियाको पहँच कायम गर्दै युद्धविरामको आह्वान गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?