
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘जन्ते बाख्रो’ले देशब्यापी १५० भन्दा बढी शो प्राप्त गरेको छ।
- सुनुवार निर्देशित फिल्मले ग्रामीण युवकको कथा प्रस्तुत गर्दछ र उत्साहजनक प्रतिक्रिया पाएको छ।
- फिल्मले नेपाल र अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्न लागेको छ।
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’ले देशब्यापी डेढसय भन्दा धेरै शो प्राप्त गरेको छ ।
देशभरका मल्टिप्लेक्सदेखि एकल पर्दाका हलले सिमोस सुनुवार निर्देशित फिल्मलाई उत्साहजनक शो प्रदान गरेका छन् । क्यूएफएक्सले आफ्नो चेनमा ३७ शो दिएको छ ।
दोस्रो ठूलो चेन आईएनआई सिनेमाजले १२ शो दिएको छ । वान सिनेमाजले ७ शो, एफक्युब सिनेमाजले २ शो, बिग मूभिजले २ शो, बीएसआर मुभिजले २ शो गरी देशभर करिब १ सय ५० बढि शोसहित प्रदर्शनमा आउँदैछ ।
केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको फिल्मले प्रिमियरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । फिल्मले योग्य वधु पाउन एक ग्रामीण युवकले गर्नुपरेको सकसको कथा भन्छ ।
फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुषा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतको अभिनय छ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको पटकथा र संवाद रहेको फिल्मको निर्माता सन्तोष गौतम हुन् ।
यो फिल्म शुक्रबारदेखि नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया 4