+
+
Shares

चाँदीको मूल्य हालसम्मकै उच्च, सुन स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते ११:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार १५० रुपैयाँ पुगेको जानकारी दिएको छ।
  • यस दिन चाँदीको मूल्य ७५ रुपैयाँले बढेको र यो हालसम्मकै उच्च हो भने सुनको मूल्य स्थिर रहेको छ।
  • अन्तर्राष्ट्रिय बजारमा चाँदी र सुनको मूल्य थप बढ्ने सम्भावना रहेको छ।

२३ जेठ, काठमाडौं । शुक्रबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । एकैदिन चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदी प्रतितोला २ हजार १५० रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन २ हजार ७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

सुनको भाउ भने शुक्रबार स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुने महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीसँगै सुनको मूल्य थप बढ्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?