
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘ताराहरू’को प्रदर्शन मिति भदौ ६ तय भएको छ, जसलाई आशान्त शर्माले निर्देशन गरेका हुन्।
- फिल्मले शहर केन्द्रित मध्यमवर्गीय परिवारको संघर्ष र निर्णयलाई ‘डार्क कमेडी’ शैलीमा प्रस्तुत गर्दछ।
- निर्मातामा गोपिनी शेढाइँ र कृष्णप्रसाद पंगेनी रहेका छन्, र मुख्य कलाकारहरू मेनुका प्रधान, मीरा खड्का लगायत हुन्।
काठमाडौंँ । वेज प्रालिको प्रस्तुति रहेको फिल्म ‘ताराहरू’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै भदौ ६ गते फिल्म प्रदर्शन गर्ने जनाएका हुन् ।
यो फिल्मलाई आशान्त शर्माले निर्देशन गरेका हुन् । मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाल र स्वयं शर्माले पनि प्रमुख भूमिका निर्वाह गरेका छन् ।
पोष्टर हेर्दा आन्तरिक द्वन्दमा अल्झिएका चरित्रहरू देख्न सकिन्छ । लेखक तथा निर्देशक शर्माका अनुसार शहर केन्द्रित निम्न मध्यमवर्गीय परिवारको मध्य उमेरको ब्यक्तिले सपना र आकंक्षा पुरा गर्ने प्रयासमा अवरोधको सामना गर्न कसरी संघर्ष गर्छ भन्ने कथावस्तु पेश गर्छ ।
आप्mनै मानसिक अवधारणाका कारण गलत निर्णय लिन पुगेको अवस्थामा मुख्य पात्रका मित्रहरूले कसरी प्रत्याशा अनि सही मार्ग देखाउँछन् र जीवनलाई बुझेर ऊ कसरी सफल हुन सक्दछ ? भन्ने कुरा फिल्ममा चित्रण गरिएको जनाइएको छ ।
गहन विषयवस्तुलाई ‘डार्क कमेडी’ शैलीमा प्रस्तुत गरिएको निर्देशक शर्माले जनाए । फिल्मको निर्मातामा गोपिनी शेढाइँ, कृष्णप्रसाद पंगेनी छन् । सहनिर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा र युगविजय पंगेनी शर्मा छन् ।
प्रतिक्रिया 4