+
+
Shares

बजार घटे पनि हाइड्रोपावर सेक्टरमा उत्साह

कुल कारोबारमा आधा भन्दा धेरै हिस्सा हाइड्रोपावरको

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार आइतबार ११.०६ अंक घट्यो र नेप्से २६२९ मा कायम रह्यो।
  • बजारमा अधिकांश सेक्टर घट्दा पनि हाइड्रोपावरमा उत्साह देखियो र यसको कारोबार रकम ५ अर्ब ३७ करोड थियो।
  • बजारमा धेरै कारोबार भएका पाँच कम्पनीमा हाइड्रोपावर समूहका रहे।

२५ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ११.०६ अंक घटेको छ । योसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो ।

आजको गिरावटपछि नेप्से परिसूचक २६२९ अंकमा कायम भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो । बजार घटे पनि कारोबार रकम बढेको छ । बिहीबार ७ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो ।

बजारमा अधिकांश सेक्टर घट्दा पनि हाइड्रोपावरमा उत्साह देखिएको छ । आज यो सेक्टर १.२२ प्रतिशत बढ्यो । धेरै मूल्य बढेका ५ कम्पनीमा सबै हाइड्रोपावर परे ।

धेरै कारोबार भएका ५ कम्पनीमा पनि सबै हाइड्रोपावर परे । कुल कारोबारमा आधाभन्दा बढी रकमको कारोबार हाइड्रोपावर सेक्टरमा मात्रै भएको छ । यो सेक्टरको कारोबार रकम ५ अर्ब ३७ करोड छ ।

हाइड्रोपावरका अलवा होटल तथा पर्यटन समूह ०.१२ प्रतिशत बढ्यो । बैंकिङ १.०५, विकास बैंक ०.०६, फाइनान्स ०.९१, लगानी ०.०८, जीवन बीमा ०.७७, उत्पादन ०.७४, माइक्रोफाइनान्स ०.७०, निर्जीवन बीमा ०.९५, व्यापार ०.२३ र अन्य समूह ०.९९ प्रतिशत घटे ।

रिभर फल्स पावर र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै चिलिमे हाइड्रोपावरको ८.०१, छ्याङ्दी हाइड्रोपावरको ८.०१, हिमालयन पावर पार्टनरको ७.९५ प्रतिशत मूल्य बढ्यो ।

ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत घट्यो । नेपाल माइक्रो इन्स्योरेन्सको ९.८, समाज लघुवित्तको ८.३ तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ६.८० प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, बुटवल पावर कम्पनी र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?