+
+
Shares

यामाहा नेपालको ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न

मूल्यांकन पश्चात फाइनलिस्टहरूलाई एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपककुमार अग्रवाल र मानव संशाधन विभाग प्रमुख शम्भुप्रसाद कोइरालाले प्रमाणपत्र, ट्रफी र पदक प्रदान गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते २०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यामाहा नेपालले ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ आयोजना गरी उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्‍यो।
  • प्रतियोगितामा सहभागीले अटो बेसिक्स, उत्पादन ज्ञान, बिक्री प्रक्रिया जस्ता विधामा प्रतिस्पर्धा गरे।
  • समुन्द्र पंगेनी, प्रमिला श्रेष्ठ र विकास रञ्जितकार विजेता घोषित भएका छन् र पुरस्कार प्राप्त गरे।

२६ जेठ, काठमाडौं । यामाहा नेपालले बिक्री क्षमताको मूल्यांकन र प्रोत्साहनका लागि आयोजना गरेको ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ २५ जेठमा सम्पन्न भएको छ ।

दुई पाङ्ग्रे सवारीसाधन क्षेत्रमा सेल्स एक्सलेन्सको उत्सव स्वरूप आयोजना गरिएको यो प्रतियोगिताले उत्कृष्ट सेल्स प्रतिभा पहिचान गर्न र उनीहरूको योगदानलाई सम्मान गर्ने उद्देश्य लिएको थियो ।

देशभरिका यामाहा डिलर मार्फत चयन भएका उत्कृष्ट सेल्स पेसेवरबीच भएको प्रतिस्पर्धात्मक फाइनलमा सहभागीले अटो बेसिक्स, उत्पादन ज्ञान, प्रतिस्पर्धी जानकारी, बिक्री प्रक्रिया, भाइभा र उत्पादन प्रदर्शन जस्ता ६ वटा विधामा प्रतिस्पर्धा गरेका थिए ।

पोखरा, लालबन्दी र सल्लाघारीबाट प्रतिनिधित्व गरेका तीन प्रतिभा विजेता घोषित भएका छन् । समुन्द्र पंगेनी (भीएडब्लू इन्टरप्राइजेज, पोखरा) ले प्रथम स्थान प्राप्त गर्दै नगद ३० हजार जितेका छन् ।

प्रमिला श्रेष्ठ (एलएस इन्टरप्राइजेज, लालबन्दी) ले दोस्रो स्थान हासिल गर्दै २० हजार र विकास रञ्जितकार (द ह्विल्स, सल्लाघारी) ले तेस्रो स्थान हासिल गर्दै १० हजार नगद प्राप्त गरेका छन् ।

मूल्यांकन पश्चात फाइनलिस्टहरूलाई एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपककुमार अग्रवाल र मानव संशाधन विभाग प्रमुख शम्भुप्रसाद कोइरालाले प्रमाणपत्र, ट्रफी र पदक प्रदान गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ अग्रवालले भने, ‘हाम्रा सेल्स प्रोफेसनलहरू नै यामाहाको सफलताको मेरुदण्ड हुन् । उनीहरूलाई सशक्त बनाउनु भनेको ग्राहक अनुभवलाई उत्कृष्ट बनाउनु हो।’

उनले यामाहाको निरन्तर सिकाइ, दक्षता विकास र ग्राहक केन्द्रित नीतिप्रति प्रतिबद्धता दोहोर्‍याएका थिए ।

यामाहा नेपालले जापानी प्रविधिमा आधारित विश्वस्तरीय उत्पादन, भरपर्दो सेवा र प्रभावकारी बिक्री प्रणाली मार्फत दुई पाङ्ग्रे सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ । कम्पनीले दक्ष जनशक्ति निर्माण मार्फत दीर्घकालीन ब्रान्ड प्रतिबद्धता कायम राख्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?