News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला फुटबल टोलीकी स्टार साबित्रा भण्डारीले नयाँ प्रशिक्षकको आगमनले सबै खेलाडी उत्साहित रहेको बताइन्।
- उहाँले प्रशिक्षणको शैली र तयारीले सबैजना सकारात्मक प्रतिक्रिया दिएको उल्लेख गर्नुभयो।
- नेपाली टोलीले एसियन कप छनोटमा उज्वेकिस्तान, लाओस र श्रीलंकासँग खेल्नेछ र प्याट्रिक डे वाइल्डले पहिलो पटक नेपाली टोलीको प्रशिक्षण डेब्यु गर्नेछन्।
२६ जेठ, काठमाडौं । नेपाली महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारी ‘साम्बा’ले नयाँ प्रशिक्षकको आगमनले सबै खेलाडी उत्साहित रहेको बताएकी छन् ।
एन्फाले जारी गरेको भिडियो सन्देशमा उनले प्रशिक्षण पनि सोचेभन्दा फरक रहेको उल्लेख गरिन् । ‘थाइल्याण्डसँगको म्याचपछि नयाँ कोच पाएका छौं, सबैजना एक्साइटेड छौं’ उनले भनिन्, ‘ट्रेनिङ पनि एकदम सोचेभन्दा फरक छ, टेक्निकली अनि मेन्टल्ली हामी तयार छौं।’
साम्बाले प्रशिक्षकको जे योजना छ त्यसै अनुसार चलिरहेको बताइन् । ‘एक दुई दिन एडजस्ट हुनको लागि टाइम लाग्ला तर लगभग सबै खेलाडीहरू चाहिँ अडाप्ट भइसकेका छन् ट्रेनिङमा’ उनले भनिन् ।
उज्बेकिस्तानको टिमबाट के अपेक्षा गर्न सकिन्छ त ? भन्ने प्रश्नमा उनले सबैभन्दा पहिले एफसी क्वालिफाई राउन्ड खेल्नु नै ठुलो उपलब्धि भएको बताइन् ।
‘हामीमा जुन एउटा चाहिँ विगतका वर्षहरू जस्तै हाम्रो अहिलेको टिममा जुन एउटा रिजल्ट प्रतिको एउटा भोक छ सबैमा, त्यसले गर्दा खेरि पनि हामी यो अवसरलाई जतिसक्दो सदुपयोग गरेर आउने नयाँ जेनेरेसनलाई एउटा नयाँ बाटो देखाउने एउटा सुन्दर समय आएको छ’ उनले भनिन्, ‘यसको लागि हामी फर्स्ट म्याच देखि नै एकदम डेडिकेटेड भएर लाग्दै छौं।’
त्यस्तै डिफेन्डर बिमला बिकले पनि प्रशिक्षकले विभिन्न क्षेत्रमा कमजोरी सुधारका लागि जोड दिइरहेको उल्लेख गरिन् । मनमाया दमाइले पनि सबैजना उत्साहित रहेको उल्लेख गरिन् ।
नवनियुक्त प्रशिक्षक प्याट्रिक डे वाइल्डले पनि प्रशिक्षण निकै राम्रोसँग भइरहेको उल्लेख गर्दै सबै खेलाडीहरू निकै मोटिभेट भएको कुराले खुसी लागेको बताए ।
वाइल्ड गत शुक्रबार नेपाली महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । नेपाली महिला टोलीले एसियन कप छनोटमा उज्वेकिस्तान, लाओस र श्रीलंकासँग खेल्नेछ ।
जुन २९ मा लाओसविरुद्ध हुने म्याचबाट प्याट्रिकले नेपालको प्रशिक्षणमा डेब्यु गर्नेछन् ।
 
                    










 २०८२ जेठ  २६ गते २१:२२
                        २०८२ जेठ  २६ गते २१:२२                     
                     
 
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4