
News Summary
Generated by OK AI. Editorially reviewed.- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर विश्वानाथ पौडेलबीच भेटवार्ता भएको छ।
- भेटवार्तामा समसामयिक अर्थतन्त्रको अवस्था लगायतबारेमा छलफल भएको छ ।
२७ जेठ, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर विश्वानाथ पौडेलबीच मंगलबार भेटवार्ता भएको छ ।
समसामयिक अर्थतन्त्रको अवस्था बारेमा छलफल हुनुका साथै शुभकामना आदानप्रदानका लागि गभर्नर पौडेलसँग भेटवार्ता भएको सभापति खतिवडाले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकमा भएको भेटवार्तामा सभापति खतिवडाले गभर्नर पौडेलसँग नेपालको अर्थ व्यवस्था चलायमान बनाउन सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताए ।
अर्थतन्त्रमा नकारात्मक असर पर्ने गतिविधिबाट राष्ट्र बैंक सधैं सजग रहने विश्वाससहित गभर्नर पौडेलको कार्यकाल सफल रहोस् भनी सभापति खतिवडाले शुभकामना दिए ।
गभर्नर पौडेलले शिथिल अर्थतन्त्रलाई सुधार गर्न सरकारले आफूलाई जिम्मेवारी दिएकोले त्यसमा दत्तचित्त भएर लागेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4