
२८ जेठ, काठमाडौं । प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका छन् । उनीहरुले भिजिट भिसा प्रकरणमा मुछिएका गृह मन्त्रालयका कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने र गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन् ।
सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए ।
सत्तापक्षका सांसदहरुले संसद अवरोध गरेर बोल्न रोकेको भन्दै बैठक सन्चालनको माग गरे । त्यसपछि प्रतिपक्षी दलहरुले गृहमन्त्रीविरुद्ध नाराबाजी थालेका हुन् ।
सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4