+
+
Shares

नाइमा ‘मोबिलिटी एस्क्पो’ को स्टल बाँडफाँट

भृकुटीमण्डपमा हुने एक्स्पोमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे र व्यावसायिक सवारीसाधन क्षेत्रका गरी ५० ब्रान्ड सहभागी हुने नाइमाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० ब्रान्ड सहभागी हुनेछन् भने ४८ स्टल रहनेछन्, ।
  • जसमा २१ वटा चार पाङ्ग्रे, १८ वटा दुई पाङ्ग्रे र ९ वटा व्यावसायिक सवारी ब्रान्डहरू समावेश छन्।
  • बीवाईडी, हुन्डाई, टोयोटा, बजाज, होन्डा, रेनो, र किङलङ लगायतका ब्रान्डहरु एक्स्पोमा सहभागी हुनेछन्।

२८ जेठ, काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल मोबिलिटी एक्स्पो २०२५’ को स्टल बाँडफाँट गरेको छ ।

हालै स्थापना भएको नाइमाले पहिलो संस्करणको एक्स्पो २१ देखि २५ साउनसम्म गर्न लागेको हो । भृकुटीमण्डपमा हुने एक्स्पोमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे र व्यावसायिक सवारीसाधन क्षेत्रका गरी ५० ब्रान्ड सहभागी हुने दाबी गरिएको छ ।

एक्स्पोमा हुने कुल ४८ स्टलमध्ये २१ वटा चार पाङ्ग्रे सवारी ब्रान्ड, १८ वटा दुई पाङ्ग्रे ब्रान्ड र ९ वटा स्टल व्यावसायिक सवारीसाधन ब्रान्डलाई प्रदान गरिएको नाइमाले जनाएको छ ।

‘नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागिताले हामी अत्यन्त हर्षित र उत्साहित छौं । सबै स्टल बुक भइसकेका छन् र अब हामी प्रदर्शनी कार्यान्वयनमा ध्यान केन्द्रित गर्दैछौं,’ एक्स्पोबारे नामिया अध्यक्ष रितुसिंह वैद्यले भनिन् ।

कुन–कुन ब्रान्ड हुँदैछ सहभागी ?

मोबिलिटी एक्स्पोमा ४ पाङ्ग्रे ब्रान्डमा बीवाईडी, सिट्रोन, फर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केर्र्ई, किया, लिप मोटर, एलईभी वन, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा एन्ड जेक्को, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन र जेकर सहभागी हुनेछन् ।

यस्तै दुई पाङ्ग्रेमा एम्पिएर, एथर, बजाज, बेनाली, सिएफमोटो, गोगारो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इनफिल्ड, सेगवेनाइनबट, सुजुकी ट्रियुम्फ, टीभीएस, अल्ट्राभोयलेट, यद्दा, जेइयो ब्रान्ड छन् ।

यस्तै कर्मिसियल गाडीमा चेरीवान्दा, डोङफेङ, फरिजोन, हुवाजी, कामा, कारे, किङलङ, सनलङ जस्ता ब्रान्ड सहभागी हुने नाइमाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?