+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सर्लाहीको चक्रघट्टा गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाँउपालिकाका अध्यक्ष विक्रम यादव सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • तीन वर्षअघिको बजेटमा सोलार बत्ती जडान योजनामा अनियमितता र लागत अनुमान बढाएको आरोप लागेको हो।
  • अख्तियारले आरोपितहरूमा दुई करोड ४९ लाख रुपैयाँको अनियमितता गरेको र स्काई राइज ट्रेडिङ कन्सर्नका सञ्चालक प्रकाश यादव विरुद्ध पनि मुद्दा चलाएको जनाएको छ।

२९ जेठ, काठमाडौं । सोलार बिजुली जडानको ठेक्कामा अनियमितता गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाँउपालिकाका अध्यक्ष विक्रम यादव सहित १० जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

तीन वर्षअघिको बजेटमा गाँउमा सोलार बत्ती जडान गर्ने योजनामा अनियमितता गरेको अख्तियारको आरोप हो ।

कार्यक्रममा छुट्याइएको बजेट टुक्रा टुक्रा पारेर लागत अनुमान बढाइएको र त्यसबाट अनियमितता गरेको अख्तियारको आरोप हो ।

अख्तियारले आरोपितहरूमाथि दुई करोड ४९ लाख रुपैयाँ अनियमितता गरेको आरोप लगाएको हो ।

अख्तियारले गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिव शंकर प्रसाद कुशवाहा, लेखापाल सञ्जय कुमार ठाकुर, जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सव इञ्जिनियरहरू सन्तोष राय, राजु राय विरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले ठेक्का पाएको स्काई राइज ट्रेडिङ कन्सर्न र त्यसका सञ्चालक प्रकाश यादव विरुद्ध पनि मुद्दा चलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?