+
+
Shares

संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते ८:४२

३० जेठ, काठमाडौं । मधेश केन्द्रित दलहरूले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे राष्ट्रिय मुक्ति पार्टीको कार्यालय शान्तिनगरमा बस्ने छ ।

मोर्चाको कार्यविधि, आदिवासी जनजाति र मधेसी विचमा सहकार्य, भिजिट भिसा प्रकरण, विविध लगायत एजेण्डामा छलफल हुने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी गराए ।

मोर्चामा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा आवद्ध छन् ।

मोर्चाको बैठक आह्वान गर्ने दलले अध्यक्षता गर्ने विधि बनाइएको छ । यसअघि जनमत, लोसपा, जनता प्रगातिशील पार्टीले बैठकको आह्वान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?