 
																			३० जेठ, वीरगञ्ज । पर्साको वीरगञ्जमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
शुक्रबार बिहान वीरगन्ज महानगरपालिकाको सिताराम चोकमा भएको दुर्घटनामा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैयाका २३ वर्षीय रामाकान्त यादव र सोही ठाउँका २३ वर्षीय विजय यादवको मृत्यु भएको हो ।
उनीहरुको नारायणी अस्पतालमा उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का २२ वर्षीय युवक विजय कुमार यादव घाइते छन् ।
बा प्र ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकको पछाडि ठोक्किएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4