+
+
Shares

७ स्टाइलका हेयर स्कार्फ, कसरी चल्तीमा आयो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा युवतीहरूमा नयाँ ट्राइंगल स्कार्फ हेयरस्टाइल प्रचलनमा आएको छ।
  • यसले कपाललाई आकर्षक बनाउने र विभिन्न अवसरमा प्रयोग गर्न सकिन्छ।
  • बजारमा विभिन्न रङ र डिजाइनका स्कार्फ उपलब्ध छन्।

अहिले गर्मीमा धेरै युवतीले स्कार्फ लगाएको देखिन्छ । यस्तो स्कार्फको चलन यसअघि देखिएको थिएन । यो नयाँ शैलीको स्कार्फ कसरी प्रचलनमा आयो ?

आजभोली बजारमा विभिन्न रङ र डिजाइनका स्कार्फहरू उपलब्ध छन्, जसले हेयर स्टाइललाई थप आकर्षक बनाउँछ ।

१. ट्रान्गल स्कार्फ हेयरस्टाइल

पछिल्लो समय नेपालमा युवतीहरुमा ट्राइगल स्कार्फ हेयर स्टाइल एकदमै ट्रेन्डमा छ । यो स्टाइल खुल्ला स्ट्रेट कपालमा अपनाउन सकिन्छ । साथै कपाल अलि चिल्लो भएको वा रुखो भएको दिनमा पनि यो ट्राइंगल स्कार्फ हेयरस्टाइल बनाउन सकिन्छ । यो स्टाइलले चिल्लो वा रुखो कपाललार्ई लुकाउन मद्दत गर्नुका साथै निकै स्टाइलिस लुक पनि दिन्छ ।

२. हेयरब्यान्ड ब्रेडसँग स्कार्फ

यो हेयरस्टाइल देख्दा जटिल लाग्न सक्छ, तर यो स्टाइल तयार गर्न सजिलो नै हुन्छ । यसमा बाटेको कपाललाई हेयरब्याड ल्याएर पातलो स्कार्फलाई दोबरेर बाँध्नुपर्छ । यो हेयर स्टाइलले, वानपिस ड्रेस, टिसर्ट प्याट र कुर्तामा पनि स्टाइलिस लुक दिन्छ ।

३. साधारण बाँटेको कपालमा स्कार्फ

चाहे लुज बाटेको होस् वा कसिलो बाटेको, यसमा रंगीन स्कार्फ बाँधेर आफ्नो साधारण लुकमा नयाँ स्टाइल दिन सकिन्छ । विशेष गरी यदि यात्रामा जाँदा यो लुक अपनाउन सकिन्छ । यो हेयर स्टाइल अपनाउँदा बाटेको कपलको अन्त्यमा स्कार्फको गाँठो बनाउन पनि बिर्सनुहुँदैन ।

४. हाई वा लो मेस्सी बनसँग स्कार्फ

यो स्टाइल बनाउन निकै सजिलो हुन्छ । साथै यसले सुन्दरता पनि निखार्छ । यसका लागि सबै कपाललाई माथि जम्मा गरेर खुकुलो गर्दै ट्विस्ट गरेर जुरो बनाउनुपर्छ । त्यसपछि माथि रंगीन स्कार्फ बाँध्नुपर्छ । स्कार्फलाई खुला पनि राख्न सकिन्छ वा पूरै बाँध्न पनि सकिन्छ ।

५.बोहो ब्यान्ड लुक

गर्मीमा यो स्कार्फ हेयरस्टाइलको मद्दतले लुक पूर्णरूपमा फरक देखिन्छ, र कपाल बाँधिएको कारणले गर्मी पनि हुँदैन । यसका लागि पहिले सबै कपाललाई काइँयोले मिलाएर जुरो बनाउनुपर्छ । त्यसपछि स्कार्फलाई ब्यान्डको रूपमा आफ्नो टाउकोमा लगाउनुपर्छ । यो स्कार्फ हेयरस्टाइल छोटो र लामो दुवै प्रकारको कपालमा निकै राम्रो देखिन्छ।

६. हाफ बन हेयरस्टाइल

यदि कपाल पूर्णरूपमा बाँध्न मन पर्दैन र खुला कपालमा पनि असहज महसुस हुन्छ, तब हाफ बन हेयरस्टाइल अपनाउन सकिन्छ । यसका लागि पहिले कपाललाई काइँयोले मिलाउनुपर्छ र कपाललाई आधा भागमा विभाजन गरेर पछाडि लैजानुपर्छ । त्यसपछि आधा कपालमा रबर लगाएर पोनीटेल बनाउनुपर्छ । त्यसपछि पोनीटेलको कपाललाई घुमाएर जुरो बनाएर स्कार्फले बेर्नुपर्छ ।

७. लो पोनिटेल विथ स्कार्फ

युवतीहरूका लागि लो पोनिटेल स्टाइल निकै राम्रो हुन्छ । धेरै बलिउड अभिनेत्रीहरू फिल्ममा यो लुकमा देखा परेका छन् । यो स्टाइलका लागि सर्वप्रथम लो पोनिटेल बनाउनुपर्छ र त्यसपछि त्यसमाथि स्कार्फ बाँध्नुपर्छ । यो स्टाइल हाई पोनिटेलसँग पनि प्रयोग गर्न मिल्छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?