+
+
Shares

बेलायती राजाबाट नेपालीलाई एमबीई पदक

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३१ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • च्यारिटी काममा सक्रिय सुजन कटुवालले बेलायतमा एमबीई अवार्ड प्राप्त गरेका छन्।
  • सिभिलियनले कमै मात्र पाउने ‘एमबीई’ पदक संघर्ष र सामाजिक सेवाका कारण सुजनलाई दिइएको हो।
  • कोभिड महामारीका दाैरान सामाजिक कार्यलाई मुल्याक‌न गरेर बेलायती राजा चार्ल्स तृतीयको जन्मदिनका अवसरमा अवार्ड प्रदान गरिएको छ।

लन्डन । बेलायतमा च्यारिटी काममा सक्रिय एकजना नेपालीले बेलायती राजा चार्ल्स तृतीयको जन्मदिनमा ‘मेम्बर अफ द मोस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीई) पदक पाएका छन् ।

शुक्रबार मध्यरात अवार्ड लिष्टमा परेको खबर आएपछि आफू निकै प्रफुल्ल भएको उनले बताए । मध्यम परिवारमा जन्मिएर संघर्ष गर्दै बेलायतमा च्यारिटी गरि राजाबाट अवार्ड पाउनु आफ्ना लागि जीवनकै उपलब्धि भएको पनि उनले बताए । राजाको वाहुलीबाट छिट्टै अवार्ड प्रदान गरिने छ ।

सिभिलियनबाट यो प्रतिस्ठित अवार्ड पाउने नेपालीको संख्या न्यून छ ।  राजाको जन्मदिनमा आफ्नो समुदायको सेवा गर्ने प्रसिद्ध व्यक्तित्वहरू, सरकारी कर्मचारीहरू र साधारण मानिसको योगदानलाई कदर गर्दै अवार्ड घोषणा गर्ने प्रचलन छ ।

कोभिड महामारीका बेला झण्डै अढाइ लाख मानिसलाई निशुल्क खाना खुवाएका कटुवालले आफ्नो पानस हेल्पिङ ह्यान्डस् र अन्य च्यारिटी संस्थाबाट निरन्तर सामाजिक काम गर्दै आएका छन् । बिराटनगरमा जन्मिएका उनी सन् १९९८ मा बेलायत आएका थिए ।

साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक कटुवालले सेवा निवृत्त सैनिकलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने बेलायतस्थित परोपकारी संस्था ‘कम्ब्याट स्ट्रेस’ को मानसिक स्वास्थ्य सचेतना अभियानमा सघाउन ६ हजार माइल पैदल यात्रा समेत गरेका थिए । कटुवाल बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको सूचीमा समेत पर्न सफल भएका थिए ।

‘कोभिड लकडाउन’ का बेला एक लाखभन्दा बढी स्वास्थ्यकर्मी र घरविहीन (होमलेस) मानिसलाई निःशुल्क खाना उपलब्ध गराएर सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्डसमेत पाएका थिए ।

उनले सञ्चालन गरेको सामाजिक संस्था हेल्पिङ ह्यान्डसले ‘प्वाइन्ट्स अफ लाइट’ अवार्ड समेत जित्न सफल भएको थियो । आउंदो १० वर्षमा एक करोड मानिसलाई निशुल्क खाना खुवाउन विभिन्न च्यारिटी संस्था र व्यक्तित्वसंग सल्लाह भइसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?