+

इपीएल रमाइलो नेपालले घोषणा गर्‍यो ‘खेलाडी सहायता कोष’

२०८२ जेठ  ३१ गते २२:३७ २०८२ जेठ ३१ गते २२:३७
इपीएल रमाइलो नेपालले घोषणा गर्‍यो ‘खेलाडी सहायता कोष’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इपीएल रमाइलो नेपालले शनिबार 'खेलाडी सहायता कोष'को घोषणा गर्‍यो।
  • कोष नेपाली घरेलु फुटबल खेलाडीहरूलाई आर्थिक सहायता गर्न स्थापना गरिएको हो।
  • कार्यक्रममा विजेतालाई पुरस्कार समेत प्रदान गरियो।

३१ जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लबका समर्थकहरूले सञ्चालन गरेको समुह इपीएल रमाइलो नेपाल ( इआरएन्)ले शनिबार एक कार्यक्रम बीच ‘खेलाडी सहायता कोष’को घोषणा गरेको छ ।

नेपाली घरेलु फुटबल खेलाडीहरू घाइते हुँदा वा अन्य आपतकालीन अवस्थामा केही आर्थिक सहायता गरी खेलाडीको मनोबल उच्च कायम राख्न मद्दत गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको सस्थाका अध्यक्ष अरबिन्द मरासिनीले बताए ।

हाल रु ५० हजारको अक्षयकोषबाट यो कोषको सुरु गरिएको छ भने प्रत्यक वर्ष रु ५० हजार थप गर्दै जाने आयोजकले जनाएको छ । सन २०१७ देखि सामाजिक सन्जालमा सक्रिय इपीएल रमाइलो नेपालले खेलसँगै विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आएको छ।

वरिष्ठ खेल पत्रकार तथा स्वर्ण कथा नेपाली फुटबलको – पुस्तकका लेखक हिमेशरत्न बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्याक्रममा इपीएल रमाइलो लिग सिजन २०२४/२५ को विभिन्न विधामा विजेता हुने लाई पुरस्कृत समेत गरिएको थियो ।

खेलाडी सहायता कोष
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय