+
+
Shares

संसदमा रास्वपाका सांसदहरु पलेँटी कसेर बसेकोमा एमाले सांसदको नियमापत्ति

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १५:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले रास्वपाका सांसदहरूले संसद्‌मा पलेँटी कसेर बस्नु संसदीय मर्यादाविपरित भएको बताए।
  • उनले नियमावलीको नियम २० को ‘झ’ अनुसार सांसदहरूले विरोध गर्न उभिएर गर्नुपर्ने र पलेँटी कसेर बस्नु उपयुक्त नभएको बताए।
  • संसद्‌मा सांसदहरूले वेल घेराउ गरी विरोध गर्दा संसदीय मर्यादा उल्लंघन हुने उनले बताए।

२ असार, काठमाडौं । संसद्‌मा रास्वपाका सांसदहरु पलेँटी कसेर बसेकोप्रति नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले नियमापत्ति गरेका छन् ।

प्रतिनिधि सभा नियमावलीको नियम २० को ‘झ’ अनुसार संसद्‌मा सांसदहरू पलेँटी कसेर बस्न नपाउने उनको भनाइ छ ।

‘कसैले विरोध गर्न पर्‍यो भने उभिएर विरोध गर्नुपर्ने हाम्रो परम्परा पनि छ । नियमावलीमा व्यवस्था पनि छ । तर, सम्माननीय सभामुखको ड्यासतर्फ, सभामुखको आसनतर्फ चप्पल, जुत्ता खोलेर ध्यान गरे जस्तो गरेर विरोध गर्ने यो संसदीय मर्यादा भएन’ सांसद पौडेलले भने ।

सभामुखले संसदीय मर्यादा कायम गर्नका लागि भूमिका खेल्नुपर्ने उनको आग्रह छ ।

सभामुखले ध्यानाकर्षण भएको बताएपछि सांसद पौडेल बसे ।

रास्वपाका सांसद हरूले प्रतिनिधि सभामा वेल घेराउ गरिरहेका छ्न । त्यसक्रममा उनीहरू वेलमै पलेँटी कसेर बसेका छन् ।

यस्तो गर्नु संसदीय मर्यादा विपरित रहेको एमाले सांसद पौडेलको तर्क रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?