News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेटर करण केसीले टी-२०आई क्रिकेटमा १०० विकेट पुरा गरे।
- उनीले स्कटल्याण्डसँगको खेलमा जर्ज मुन्सेको विकेट लिए।
- करण केसी १०० विकेटको क्लबमा सामेल भएका छन्, सन्दीप लामिछानेपछि दोस्रो नेपाली क्रिकेटर हुन्।
२ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर करण केसीले टी-२०आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् ।
स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आज भइरहेको स्कटल्याण्डसँगको खेलमा विकेट लिँदै उनले कोशेढुंगा पार गरेका हुन् ।
उनले स्कटल्याण्डका विस्फोटक ओपनर जर्ज मुन्सेको विकेट लिए ।
टी-२०आईमा १०० भन्दा बढी विकेट हालसम्म सन्दीप लामिछानेको नाममा मात्र थियो । उनको १११ विकेट छ ।
अब करण पनि १०० विकेटको क्लबमा जोडिएका छन् । करणको उत्कृष्ट बलिङ प्रदर्शन ५-२१ छ जुन् पीएनजीविरुद्ध सन् २०२२ मा कीर्तिपुरमा गरेको प्रदर्शन हो ।
करणभन्दा पछाडि सोमपाल कामीको ७५ तथा अविनाश बोहराको ७४ विकेट छ ।
प्रतिक्रिया 4