+
+
Shares

कांग्रेसभित्र अनुशासन हराउँदै गएको छ : किशोरसिंह राठौर

नेपाली कांग्रेस निकट नेपाल किसान महासङ्घ बाँके क्षेत्र नं २ ले आज नेपालगञ्जमा आयोजना गरेको नयाँ कार्यसमिति घोषणा सभामा सहमहामन्त्री राठौरले पार्टी पदाधिकारीबाटै गुटको राजनीति गर्दै पार्टीभित्र अराजकता बढाइरहेको आरोप लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते २०:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र अनुशासनको अनुभूति हराउँदै गएको बताए।
  • उनले पार्टी पदाधिकारीबाटै गुटको राजनीति र अराजकता बढिरहेको आरोप लगाए।
  • नेपाल किसान महासङ्घ बाँकेले नयाँ कार्यसमिति घोषणा गरी नेतृत्व चयन गर्यो।

२ असार, राँझा। नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र अनुशासनको अनुभूति हराउँदै गएको बताएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल किसान महासङ्घ बाँके क्षेत्र नं २ ले आज नेपालगञ्जमा आयोजना गरेको नयाँ कार्यसमिति घोषणा सभामा सहमहामन्त्री राठौरले पार्टी पदाधिकारीबाटै गुटको राजनीति गर्दै पार्टीभित्र अराजकता बढाइरहेको आरोप लगाएका छन् ।

‘पार्टीभित्र अराजकता बढाउने काम भइरहेको छ, विधि विधान र प्रक्रियाभन्दा बाहिर गएर महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैन’, उनले भने, ‘लावालस्कर र हो हल्ला गरेर पार्टी चल्दैन र लोकप्रिय पनि भइँदैन।’

नेपाल किसान महासङ्घ बाँके क्षेत्र नम्बर–२ मा सुरेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा सत्र सदस्यीय कार्यसमिति घोषणा गरिएको छ ।

कार्यसमितिको उपाध्यक्षमा सम्सुद्दिन खाँ, सचिवमा विजय मल्ल, सह सचिवमा विजयरत्न श्रेष्ठ र कोषाध्यक्षमा देवराज न्यौपाने रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?