
News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायल–इरान युद्धको असर जी–सेभेन बैठकमा परेको छ।
- अमेरिका फर्किएका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरे।
- बैठकको पहिलो दिन सात सदस्य राष्ट्रले युद्धविरामको प्रस्ताव ल्याउने प्रयास गरे, तर ट्रम्पले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेनन्।
३ असार, काठमाडौं । इजरायल–इरानको युद्धको असर जी–सेभेन बैठकमा पनि परेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको कानानास्किसमा आयोजित बैठक छाडेर अमेरिका फर्किएका छन् ।
ह्वाइटहाउसले मिडिल इस्टमा तनाव जारी रहेकाले ट्रम्प फर्किएको जनाएको छ । तर ह्वाइटहाउसले इजरायल र इरानको नाम भने लिएको छैन ।
यसबीच ट्रम्पले सोशल मिडिया एक्समा लेखेका छन्, ‘इरानले परमाणु सम्झौतामा हस्ताक्षर गर्नुपर्छ । इरान न्युक्लियर हतियार राख्न सक्दैन । मैले यो पटक–पटक भनेको छु ।’
जी–सेभेन बैठकको पहिलो दिन सबै सात सदस्य राष्ट्रले इजरायल–इरान युद्धविराममा साझा धारणा बनाउने प्रस्ताव लैजाने कोसिस भएको थियो । तर ट्रम्पले जी–सेभेनको संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न नमानेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4