
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयको सभा असार २२ मा बस्ने निर्णय भएको छ।
- उपकुलपति केसीले सभाको समय तय गर्न कुलपतिलाई भेट गर्नुभएको बताए।
- सभा मा नीति, कार्यक्रम र बजेट पेस हुनेछ, प्रधानमन्त्री ओलीको स्पेन भ्रमणका कारण असार २० को वार्षिकोत्सव स्थगित भएको हो।
३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा असार २२ मा बस्ने भएको छ ।
त्रिविका उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दिविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले कुलपति केपी ओलीलाई भेटेर सभाको समय तय गरेका हुन् .
‘सभामा नीति तथा कार्यक्रम र बजेट पेस हुन्छ । कुलपतिलाई पनि जानकारी गराएका छौं’, उपकुलपति केसीले भने ।
असार २० मा त्रिविको वार्षिकोत्सव हो । तर, प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने कार्यक्रम तय भएकाले २२ गतेलाई सभा राख्ने निर्णय भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4