+
+
Shares

योगेश भट्टराईको प्रश्न- दोषी सभामुख कि हाम्रो ईगो ?

एमालेका सचिव योगेश भट्टराईले भनेका छन्, ‘वर्तमान सभामुखका बारेमा टिप्पणी गर्ने मीडिया वा महानुभावले पहिलेका सभामुखका बारेमा के लेखिएको थियो ? के बोलिएको थियो ? एकपटक आफैलाई ऐनामा हेर्ने हो कि ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १५:०९

३ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘सभामुखका बारेमा सुविधा अनुसारको व्याख्या’ भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नाराबाजीका बीचमा संसद चल्नु राम्रो होइन तर के यो पहिलो पटक हो त ?’ विगतका प्रत्येक सभामुखका पालामा कुनै न कुनै दलले वेलमा नारा लगाएको उनले बताएका छन् ।

उनी अगाडि थप्छन्, ‘वर्तमान सभामुखका बारेमा टिप्पणी गर्ने मीडिया वा महानुभावले पहिलेका सभामुखका बारेमा के लेखिएको थियो ? के बोलिएको थियो ? एकपटक आफैंलाई ऐनामा हेर्ने हो कि ?’

बहसका लागि भनेर उनले थप प्रश्नहरू समेत राखेका छन् । उनी प्रश्न गर्छन, ‘कस्ता विषयमा बैठक अवरुद्ध गर्ने ? सबैको सहमति कसरी बनाउने ? सहमतिको न्यूनतम आधार केलाई बनाउने ? बहुलवादी समाज र बहुदलीय प्रणाली भएका मुलुकमा हरेक विषयमा सबैको सहमति हुनै पर्छ भन्ने ग्यारेन्टी कस्ले गर्न सक्छ ? बहुमत र अल्पमतको अभ्यास कसरी गर्ने ?’

यी प्रश्नमा खुला छलफलका लागि उनको आग्रह छ । ‘आउनुहोस छलफल गरौं । सकेसम्म सर्बस्वीकार्य प्रणाली स्थापित गरौं । अड़ानका नाममा प्रक्रियालाई बन्धक नबनाऊ । दोषी सभामुख हो की हाम्रो ईगो ?’ भट्टराईको अर्को प्रश्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?