+
+
Shares

एकीकृत समाजवादीका ६ प्रदेश र ५० जिल्ला अधिवेशन सम्पन्न

रासस रासस
२०८२ असार ४ गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले छ वटा प्रदेश र ५० जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गर्‍यो।
  • केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले संगठनलाई सुदृढ बनाउन सदस्यता विस्तार र प्रशिक्षण सञ्चालन गर्ने बताए।
  • बाँकी प्रदेश र जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिने जानकारी दिए।

४ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले छ वटा प्रदेश र ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ ।

बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिने अर्यालले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?